समय : ११:५५ am | मङ्गलबार , पौष १ गते २०८२

सिंगटी हाइड्रो इनर्जीको लाभांश घोषणा

अर्थ विशेष | कार्तिक १९ गते २०८२

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ५ प्रतिशतले हुन आउने बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँको १४ करोड ५० लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गरिनेछ।

उक्त बोनस शेयर आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्