वालिङ (स्याङ्जा) । स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आएकी छिन् । पूर्वशिक्षकसमेत रहेकी उनले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएकी हुन् ।
गत असारमा शिक्षण पेसाबाट अवकाश लिएका भण्डारीले फुर्सदको समयलाई सदुपयोग गरी फूलखेतीमा गरिरहेको बताइन्। दसैँ, तिहार, छठलगायत धार्मिक कार्यहरूलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्ने गरेको उनले जानकारी दिइन्।
बाँदरले अन्नबाली नष्ट गरिदिएपछि विकल्पका रूपमा सयपत्री फूलखेती थालेको भण्डारीले बताइन् । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गररेका उनले मागअनुसार फूल पुर्याउन नसेकेको उल्लेख गरिन्। सयपत्री फूल र मालाको माग अत्यधिक आएको छ, मागअनुसार उपलब्ध गराउन सकिएको छैन । यहाँ उत्पादन भएको फूल बुटवल, नारायगढ, बर्दघाट, पोखरालगायत स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ ।
उनले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाएका छन् । उनललाई श्रीमती र छोरद्वयले सहयोग गरिरहेका छन् । यहाँ उत्पादन भएको फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफैँ पुर्याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरूले गर्दै आएका उनले बताइन् ।
भण्डारीले फूलका थुङ्गा थोकमा प्रतिकिलो ३००, फुटकरमा प्रतिकिलो रु ४०० देखि ४५० र माला प्रतिगोटा रु ९० सम्ममा बिक्री गर्दै आएको जानकारी दिए । ग्राहकको मागका आधारमा माला वा फूलका थुङ्गा दुवै बिक्री गर्ने गरेको उनले बताए ।









