समय : ११:४५ am | मङ्गलबार , वैशाख ८ गते २०८३

बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा

अर्थ विशेष | श्रावण ७ गते २०८२

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले राजीनामा दिएकी छन् । पोखरेलले गत साउन ५ गते प्राधिकरणको सञ्चालक पदबाट राजीना दिएकी हुन् ।
उनले आफ्नो व्यक्तिगत कारण देखाउदै राजीनामा दिएकी हुन् । उनले विभिन्न सञ्चार माध्यममा प्रसार भए जस्तो कुनैपनि दबाबमा आएर राजीनामा नदिएको स्पष्ट पारेकी छन् ।
‘विभिन्न सञ्चार माध्यममा मेरो सञ्चालक पदमा नियुक्ती र राजीनामाको विषयमा जसरी अतिरञ्जित र पूर्वाग्रही ढङ्गले खबर प्रकाशित भएका छन्, त्यसमा कुनैपनि सत्यता छैन, पोखरेलले भनिन्, ‘मैले आफ्नो नितान्त व्यक्तिगत कारणले राजीनामा दिएकी हु । यसमा अन्य कुनै विशेष कारण छैन ।’

यस्तै पोखरेलले अब आफू एक वर्षसम्म कुनैपनि संस्था वा कम्पनीमा आवद्ध नहुने समेत बताइन् ।

पोखरेलले छोटो अवधिमा भएपनि बीमा प्राधिकरणको सञ्चालकको रुपमा कार्य गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरिन् ।

पोखरेल २०८१ चैत १ गतेदेखि लागू हुनेगरी चार वर्षको लागि प्राधिकरणको सञ्चालकको रुपमा नियुक्त भएकी थिइन् । बीमा ऐन २०७९ बमोजिम एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था भएबमोजिम प्राधिकरणको सञ्चालकमा पोखरेल चयन भएकी थिइन् ।

उनी नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष समेत हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्