काठमाडौं। काठमाडौं महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको छ।
शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले खर्च तथा आम्दानीका आधारमा आगामी आर्थिक वर्षको बजेट सीमा तय गरेको हो।
आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट भौतिक तथा पूर्वाधार क्षेत्रका लागि छुट्याउन सिफारिस भएको छ। पूर्वाधारका लागि ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि छुट्याउन भएको हो।










