समय : १०:४४ pm | शुक्रबार , वैशाख ११ गते २०८३

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

अर्थ विशेष | जेठ ८ गते २०८२


काठमाण्डौ । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का÷फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि काठमाण्डौ उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का, फुकुवा अनलाइनबाट सम्पन्न हुने छ । यसले आवास/सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्