समय : ०५:२३ am | शनिबार , वैशाख ११ गते २०८३

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको शुभारम्भ

अर्थ विशेष | जेठ २ गते २०८२


काठमाण्डौ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ ।
“द्यगथ ध्जबत थ्यग ीयखभ, एबथ ज्यध थ्यग ीष्पभ” भन्ने योजनामा ग्राहकहरुले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफुले खरिद गरेको सेवावा वस्तुको मुल्यको भुक्तानी ३ महिना देखी १२ महिनासम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न सक्नेछन्

नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरुबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरुले मासिक किस्तामार्फत भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफूले खरिद गरेको बिल पेश गरे पश्चात महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी यस योजनाअन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले ईएमआर्य प्रोसेसिङ शुल्क लिनेछैन ।बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नितिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्