समय : ०२:३१ pm | सोमबार , वैशाख १४ गते २०८३

पोखरा फाइनान्सद्वारा ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह

अर्थ विशेष | जेठ १ गते २०८२


काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विसं २०७६ पुस १८ गते सम्पन्न संस्थाको २३ औं वार्षिक साधारण सभाबाट पारित भएको आव २०७५÷७६ को नगद लाभांश कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेकाले यस्तो आग्रह गरेको हो ।

सेयरधनीहरुलाई सूचना प्रकाशित भएको १ महिनाभित्र संस्थाको सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गर्न भनिएको छ । तोकिएको मितिभित्र पनि नगद लाभांश बुझिलिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने सूचनामा उल्लेख छ । नगद लाभांश बुझिलिन बाँकी सेयरधनीहरुको विवरण कम्पनीको वेबसाइटमा राखिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्