काठमाडौँ । सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी बढाइएकाले बजार अनुमगन गर्न सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारी रुपमा आगाडि बढाउन माग गरे । सांसद घनश्याम रिजालले दोलखाको भीमेश्वर नगरपालिकाको ‘दोलखा चलचित्र नगरी’ योजना अधुरै रहेको उल्लेख गर्दै समयमा नै सो कार्य अगाडि बढाउन आर्थिक वर्ष २०८२८३ मा आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गरे ।
सांसद पदमबहादुर परियारले व्यास नगरपालिकाद्वारा अघि बढाइएको सरसफाइ व्यवस्थापन केन्द्र निर्माण गर्न सङ्घीय सरकारसमक्ष पेस भएको योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सांसद पूजा चौधरीले तराई–मधेशमा डेङ्गु नियन्त्रण गर्न आवश्यक पहलका लागि माग गरीन् ।
सांसद मनरुपा शर्माले शान्तिप्रक्रियाको बाँकी काम समयमा नै टुङ्ग्याउन आग्रह गरीन् । सांसद रुक्मिणी कोइरालाले कोशी प्रदेशका विभिन्न जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको पहलका लागि अनुरोध गरीन् ।










