काठमाडौं । सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
कम्पनीले प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँ दरको १२,५०,००० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।साआज ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा सुप्रिम हेल्थ केयर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुद्वारा प्रवद्र्धित विगत ६ वर्षदेखि लगातार नाफा कमाउन सफल यस सुप्रिम हेल्थ केयर लि. वि.संं. २०६६ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कम्पनी हो । यसको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बारा जिल्लाको परवानीपुरमा रहेको छ भने सम्पर्क कार्यालय गहनापोखरी काठमाडौंमा रहेको छ ।










