समय : ०३:०३ am | शुक्रबार , वैशाख ११ गते २०८२

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

अर्थ विशेष | वैशाख ८ गते २०८२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाएको उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए ।

“शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, उनले भने, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।” विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिएकी हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्