समय : ०९:०२ pm | बुधबार , वैशाख १६ गते २०८३

तोलामै ९०० रुपैयाँले घट्यो सुन

अर्थ विशेष | चैत्र १० गते २०८१


काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य आज घटेको छ ।
घरेलु बजारमा आजको सुनको भाउ अघिल्लो कारोबारको तुलनामा प्रतितोलामा ९०० रुपैयाँले घटेको हो । योसँगै आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ तोकिएको छ।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार रुपैयाँ रहेको थियो । बिहीबार र बुधबार चाहिँ सुनको मूल्यले अलटाइम हाईको रेकर्ड बनाउँदै प्रतितोला १ लाख ७६ हजारको उचाई चुमेको थियो ।

अन्तराष्टिय बजारमा युद्ध र मन्दीको डर बढेसँगै सुनको मूल्यमा उछाल आइरहेको छ । सुरक्षित लगानीको रुपमा हेरिने सुन थुपार्न ठूला देश र लगानीकर्ताबीच प्रतिस्पर्धा चल्दा मूल्य आकाशिएको हो ।
सुनसँगै चादीको मूल्य पनि आज घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेको चाँदीको मूल्य घटेर १ हजार ९८० रुपैयाँ कायम भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्