समय : ११:४१ am | शुक्रबार , वैशाख १८ गते २०८३

सर्वसाधारणका लागि नेशनल लघुवित्तको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | फागुन ५ गते २०८१

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ३१ हजार ५७६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयरमा जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले पुनः सर्वसाधारणका लागि उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्