समय : १२:४६ pm | शुक्रबार , वैशाख १८ गते २०८३

एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य

अर्थ विशेष | फागुन ४ गते २०८१

काठमाण्डौ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । गत शुक्रबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम थियो ।

सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्