समय : ०४:२७ am | शनिबार , वैशाख १८ गते २०८३

ईसेवा मनि ट्रान्सफरले ल्यायो भ्यालेन्टाइन अफर

अर्थ विशेष | माघ २४ गते २०८१

काठमाडौँ । ईसेवा मनि ट्रान्सफरले विशेष ‘क्यसफुल भ्यालेन्टाइन’ अफर सार्वजनिक गरेको छ। यस अफरबाट विदेशमा रहेका नेपालीहरूले ईसेवा वालेटमा रेमिट्यान्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउन सक्ने कम्पनीको भनाइ छ ।

फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्म सञ्चालन हुने यो विशेष अभियानमा भाग्यशाली विजेताहरूले दैनिक पुरस्कार रोज डे (फेब्रुअरी ७) देखि किस डे (फेब्रुअरी १३) सम्म रु १५,००० र बम्पर पुरस्कार फेब्रुअरी १४, भ्यालेन्टाइन डेको अवसरमा रु ३०,००० जित्न सक्ने ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्