समय : ०९:३३ am | शनिबार , वैशाख १९ गते २०८३

मोरङ्गमा खुल्यो मौलिक भान्छा घरको नयाँ शाखा

अर्थ विशेष | माघ २० गते २०८१

काठमाडौँ । काठमाडौँको कपन स्थित मौलिक बजार तथा मौलिक भान्छाघरले कोशी प्रदेशको मोरङ्गमा आफ्नोसेवा विस्तार गरेको छ । मौलिक बजार सोमबारे जाऔं, मौलिक भान्छामा रमाऔं, ७ प्रदेशको परिकार खाऔं, ७५३ गाउँको उत्पादन लैजाऔं भन्ने स्लोगनसहित मौलिक भान्छा घरले मोरङ्गमा नयाँ शाखा विसतार गरेको हो ।

मौलिक भान्छा घरले नेपाली मौलिक स्वादलाई जगेर्ना गर्दै ग्राहकहरूलाई स्वच्छ, स्वस्थ, र परम्परागत परिकारप्रदान गर्दै आइरहेको छ । यस्तै, मोरङ्गमा नयाँ शाखा विस्तारले स्थानीय कृषक, उत्पादक, र सेवा प्रदायकलाई समेत प्रत्यक्ष रूपमा फाइदा पुर्याउने मौलिक भान्छा घरले विश्वास लिएको छ । मौलीक भान्छा घरमा कोदो, फापर, जौ, मकैको मःम, चाउमिन, थुक्पा, थेन्दुक, पिज्जा, कुकिज र केक लगाएतका विशेष परिकारहरु पाइन्छन् ।

यसका साथै, प्रदेश स्तरीय परिकारहरुमा कोशी प्रदेश (किनेमा, याङवने र भक्का), मधेश प्रदेश (बगिया, तरुवा), बागमती प्रदेश (योमरी र बारा), गण्डकी प्रदेश (जेठोबुढो चामलको खिर, सेलरोटी), लुम्बिनी प्रदेश (खिचडि र ढिकृ), कर्णाली प्रदेश (मार्सि खाना सेट, बटुक) र सुदुरपश्चिम प्रदेश (माडा र तले रोटी) पाइन्छ ।

मौलिक बजारः नेपाली उत्पादनलाई जोड्ने नयाँ पहल

यसै अवसरमा मौलिक बजारको सुरुवातसमेत घोषणा गरिएको छ। मौलिक बजार एउटा यस्तो प्लेटफर्म हो, जहाँ स्थानीय उत्पादनहरू (विशेष गरी नेपाली कृषि तथा खाद्य सामग्री, हर्बल कस्मेटिक्स, मसला, अदुवा लसुन पेष्ट, हस्तकला, र मौलिक पहिचान बोकेका वस्तुहरू) बजारमा ल्याइनेछ । यस पहलले स्थानीय उत्पादकहरूलाई उचित मूल्यमा ग्राहकहरूसम्म पुर्याउने, नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने र परम्परागत व्यवसायलाई डिजिटलाइजेसनतर्फ लैजाने लक्ष्य राखेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्