समय : ०८:३१ pm | शनिबार , वैशाख १९ गते २०८३

सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | माघ १३ गते २०८१

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर आजदेखि लिलामीमा राखेको छ । बैंकले ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखेको हो ।
यो सेयरका खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।


सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माघ २० गतेभित्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

गोप्य शिलबँदी आवेदन पेश गर्दा आफुले लिन चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ । लगानीकर्ताले सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्नु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्