म्याग्दी। बेनीमा आयोजना भएको आठौं म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला, २०८१ मा १० करोड बराबरको कारोबार भएको छ। म्याग्दी। बेनीमा आयोजना भएको आठौं म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला, २०८१ मा १० करोड बराबरको कारोबार भएको छ।
cg inside
म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति अवसरमा गत पुुस २८ देखि माघ ८ सम्म आयोजना भएको महोत्सवमा कुल २३० वटा प्रदर्शनी कक्ष राखिएका थिए। महोत्सव एक लाखले अवलोकन गरेको र १० करोड बराबरको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य संघ कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘टिकट बिक्रीबाट मात्रै करिब ५० लाख आम्दानी भएको छ।’ महोत्सवमा स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य, सूचना प्रविधि, कपडा, खाद्यान्न, भाडाको प्रर्दशनी गरिएको थियो।Shree Steel
स्थानीय उत्पादनका ३० वटा स्टलमा भने निःशुल्क प्रर्दशनीको व्यवस्था मिलाइएको थियो । नेपाली कागज, सिमीको दाल, अल्लो, ढाका कपडा, मौलिक खानाका परिकारका स्टल पनि राखिएको थिए।
महोत्सवमा पुरुष–महिला भलिबल, बास्केटबल, लोकदोहोरी गीत, पुर्ख्याैली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोकनृत्य प्रतियोगिता र विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएका थिए।
म्याग्दीको समग्र सम्भावना उजागर गरी लगानी भित्र्याउन तथा आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव सहयोगी भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए।
महाेत्सव उद्घाटन पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए।










