समय : ०३:४४ am | आइतबार , वैशाख १९ गते २०८३

निफ्राको ९८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

अर्थ विशेष | माघ ७ गते २०८१

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले निफ्राको ९८ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । यसअघि निफ्राका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणलाई सबक्री गर्न लागिएको बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले सूचना जारी भएको ७ दिनभित्र आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्