समय : ०६:१३ am | सोमबार , वैशाख २१ गते २०८३

महुली लघुवित्तको एफपीओ बाँडफाँड

अर्थ विशेष | पौष १९ गते २०८१

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा एक समारोहका बीच एफपीओ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १६ लाख ९२ हजार १०६ आवेदकबाट २ करोड २८ लाख ५२ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । यसमध्ये २ करोड २७ लाख ८२ हजार २० कित्ता सेयर खरिदका लागि परेको १६ लाख ६७ हजार ७७४ आवेदन सदर भएको छ । सदर भएका आवेदकहरुलाई ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर बाँडफाँड गरिएको छ ।

कुल आवेदकमध्ये ४७ हजार ५७४ जनालाई आईपीओ बाँडफाँड गरिएको छ । यी मध्ये ९ जनालाई ११ कित्ता र १ जनालाई १०.१५ कित्ता सेयर पाएका छन् ।

संस्थाले गत पुस ५ गतेदेखि पुस ९ गतेसम्म कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो। यो आईपीओमा ४८ गुणा बढी आवेदन परेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्