समय : ०९:४१ am | सोमबार , वैशाख २१ गते २०८३

आइसिएफसि फाइनान्सका ग्राहकले स्काईवाक टावरमा विशेष छुट पाउने

अर्थ विशेष | पौष १७ गते २०८१

काठमाण्डौ । आइसिएफसि. फाइनान्स लिमिटेडका ग्राहकले स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
बैंकको डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई वन्डर्स नेपाल प्रालिबाट सञ्चालित कमलादीस्थित स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त साझेदारिमा आइसिएफसि. फाइनान्सको तर्फबाट बजार प्रमुख सन्जोग गुरुङ र वन्डर्स नेपाल प्रालिको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञावालीले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार फाइनान्सका ग्राहकहरुलाई वन्डर्स नेपालले स्काईवाक टावरमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्