समय : ०६:५७ pm | सोमबार , वैशाख २१ गते २०८३

हिमालयन क्यापिटलद्वारा पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न

अर्थ विशेष | पौष १२ गते २०८१

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले बजार तथा लगानी व्यवस्थापन साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत मंसिर २३ गतेदेखि २८ गतेसम्म कर्णाली प्रदेशको भैरवी गाउँपालिका, दैलेख, कुमाख गाउँपालिका सल्यान र भेरीगंगा नगरपालिका सुर्खेतका विविन्न विद्यालयका विद्यार्थीहरुलाई पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो।
हिमालयन क्यापिटलका प्रमुख, अनुपालन विभागका,निमेष प्रसाद अधिकारीबाट उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरु, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया,धितोपत्रको दोश्रो बजारको प्रकृति, र सामूहिक लगानी कोषसम्बन्धी जानकारी प्रदान गर्दै छलफल गरिएको थियो ।

साथै, पूँजी बजारको निरन्तर विकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको सम्बन्धमा जानकार बनाउन सहयोग गर्ने उद्देश्यको साथ कार्यक्रम सञ्चालन गरिएको थियो।

उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमबाट विद्यार्थीहरुलाई लाभान्वित हुने बिश्वास कम्पनीको रहेको छ । कार्यक्रमका सहभागी विद्यार्थीहरुले यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त कार्यक्रम ज्यादै उपयोगी रहेको तथा सेयर बजारसम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्