समय : ०९:५६ pm | सोमबार , वैशाख २१ गते २०८३

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

अर्थ विशेष | पौष १२ गते २०८१

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाहरुबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

क्ष्मी इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन । यस अन्तर्गत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनसीएचएल–आईपीएस प्रणालीहरु मार्फत आफ्ना प्रिमियम भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरु तथा एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी,सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सक्नेछन् ।

सेवा लाईभ भएसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनपीआई प्रयोग गरी आफ्ना बीमाकर्ताहरुलाई ऋण भुक्तानी गर्न थालिसकेको छ र भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू हुने योजना रहेको कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्