समय : ०१:४२ am | मङ्गलबार , वैशाख २१ गते २०८३

‘देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ’

अर्थ विशेष | पौष ९ गते २०८१

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष गुरुप्रसाद बरालले देशको आर्थिक विकासका साथै विकास निर्माणका कामलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताएका छन्।काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष गुरुप्रसाद बरालले देशको आर्थिक विकासका साथै विकास निर्माणका कामलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताएका छन्।


एमाले बागमती प्रदेश संसदीय दलले आयोजना गरेको प्रशिक्षणमा सुशासन कायम गर्दै जनताका चाहना पूरा गर्नेतर्फ सरकार लागेको बताए। उनले आर्थिक समृद्धि र सुशासनलाई वर्तमान सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको र पार्टीले पनि त्यसमा निरन्तर सहयोग गर्दै आएको बताएका थिए।

मुलुकमा सुशासन कायम गर्न पार्टीका सबै तहका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा उनले जोड दिए। विधिको शासन नमान्नेलाई कारबाही गर्नु राज्यको दायित्व भएको एमालेका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिले सुशासनविरुद्ध काम गर्नेलाई कानूनको कठघरामा उभ्याउन सघाउनु पर्ने उनको भनाइ थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्