समय : ११:०८ am | मङ्गलबार , वैशाख २२ गते २०८३

सन नेपाल लाइफद्वारा ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक

अर्थ विशेष | पौष ३ गते २०८१

काठमाडौं ।सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक गरेको छ। यो योजना १ पुषदेखि २६ पुषसम्म लागू हुनेछ । जसमा ग्राहकहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न ७५ प्रतिशत ब्याज छुटको अवसर दिइनेछ।

कम्पनीका अनुसार, यस अभियानको प्रमुख उद्देश्य भनेको आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकहरूलाई पुनः बीमा दायरामा ल्याउनु र ग्राहक र ग्राहकको परिवारको आर्थिक भविष्यलाई सुनिश्चित गर्नु हो।

यसै गरी, ग्राहकहरूको सुरक्षालाई निरन्तरता दिने र समयमै बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्ने उद्देश्य कम्पनीले राखेको छ । इन्स्योरेन्सले यस अभियान मार्फत जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्दै ग्राहकहरूलाई आर्थिक सुरक्षा र स्थिरता प्रदान गर्ने लक्ष्य राखेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्