समय : ०२:५२ pm | मङ्गलबार , वैशाख २२ गते २०८३

नागरिक लगानी कोष र आईएमईबीच शेयर प्रत्याभूति सम्बन्धी सम्झौता

अर्थ विशेष | पौष २ गते २०८१

काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका हुन् ।

आइएमईले प्रतिशेयर १ सय रुपैयाँका दरले १२ लाख ५० हजार ६६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार ७०० रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्