काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताएका छन्। उनले अनुत्पादक क्षेत्रमा लगानी बढ्दा रोजगारीका अवसर सङ्कुचित भएको उल्लेख गरे।
माओवादी केन्द्र बागलुङ नगर कमिटीको आयोजनामा भएको एक कार्यक्रममा पूर्वअर्थमन्त्री पुनले रोजगारीका अवसर सृजना गरेर युवा वर्गलाई विदेश पलायन हुन जोगाउनु पर्ने बताए।
उनले लोकतन्त्रिक प्रणालीको संरचनामा सुधार गर्ने, नेतृत्वमा फेरबदल र संगठनको सुधार गर्न आवश्यक भएको विचार व्यक्त गरे। साथै, उनले देशमा परिवर्तनका निम्ति माओवादीको ठूलो योगदान रहेको चर्चा गरे।










