समय : ०६:३२ pm | मङ्गलबार , वैशाख २२ गते २०८३

मल्टीपर्पस फाइनान्सले गर्यो लाभांश नदिने निर्णय,

अर्थ विशेष | पौष १ गते २०८१

काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणको आधारमा कम्पनीका सेयरधनीहरुलाई लाभांश÷बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।

यस्तै सोही बैठकले साधारण सभा र बुक क्लोजको मिति समेत निर्धारण गरेको छ । बैठकले कम्पनीको २७ औं वार्षिक साधारण सभा पुस २८ गते राजविराजमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुन योग्य हुनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्