काठमाडौं । ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको बैंकले जनाएको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।










