समय : ०६:३७ pm | आइतबार , भाद्र २१ गते २०८३

प्रभु बैंकको करिब ३३ लाख कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | मंसिर २६ गते २०८१


काठमाडौं । प्रभु बैंकको करिब ३३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ३२ लाख ९० हजार ३१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। तोकिएको समयसीमामा इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

दिइएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्