काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १९ करोड ६० लाख २ हजार ७५५.५६ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। सञ्चालक समितिको प्रस्तावबमोजिम १४.२५ प्रतिशतले हुन आउने २ करोड ७९ लाख ३० हजार ३९२.६७ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनर्थ ०.७५ प्रतिशतले हुन आउने १४ लाख ७० हजार २०.६७ रुपैयाँबराबरको नगद लाभांश छन्।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।










