समय : ०३:४१ am | बुधबार , वैशाख २२ गते २०८३

एचआईडीसीएलको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति पनि तय

अर्थ विशेष | मंसिर २६ गते २०८१

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवका लागि ५.२५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा तथा बुक क्लोजको मिति पनि तय गरेको छ ।

कम्पनीले आगामी १३ औां साधारण सभा पुस २४ गते आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्