समय : ०९:१२ am | बुधबार , वैशाख २३ गते २०८३

मिथिला लघुवित्तको लाभांश घोषणा

अर्थ विशेष | मंसिर २१ गते २०८१

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १९ करोड ६० लाख २ हजार ७५५.५६ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने २ करोड ९४ लाख ४१३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।प्रस्तावित लाभांशमा १४.२९ प्रतिशतले हुन आउने २ करोड ८० लाख ३९३.६५ रुपैयाँ र कर प्रयोजनार्थ ०.७१ प्रतिशतले हुन आउने १४ लाख १९.६८ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्