समय : ११:४३ am | बुधबार , वैशाख २३ गते २०८३

‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा आजदेखि खरिद आवेदन दिन सकिने

अर्थ विशेष | मंसिर २० गते २०८१

काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आजदेखि भएको छ ।मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजीवापत २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिल,१३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाइ कोष प्रवद्धक मुक्तिनाथ बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गरिएको हो।लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो योजनाको इकाई बिक्री बन्द छिटोमा मंसिर २४ गते र ढिलोमा पुस ४ गते बैंकिङ समयपछि हुनेछ ।

‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा आजदेखि खरिद आवेदन दिन सकिने
काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आजदेखि भएको छ ।
मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजीवापत २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिल,१३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाइ कोष प्रवद्धक मुक्तिनाथ बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो योजनाको इकाई बिक्री बन्द छिटोमा मंसिर २४ गते र ढिलोमा पुस ४ गते बैंकिङ समयपछि हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्