समय : ०९:४३ pm | बुधबार , वैशाख २३ गते २०८३

स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य समायोजन

अर्थ विशेष | मंसिर १२ गते २०८१

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ६.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो । समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ७१३.६२ रुपैयाँ कायम भएको छ । बैंकले आर्थिक वर्ष २०८०÷८१ का लागि ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २५.५० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ७६० रुपैयाँ कायम थियो । आजको कारोबारदेखि समायोजित मूल्य अनुसार बैंकको सेयर कारोबारमा आउनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्