काठमाण्डौ । अघिल्लो दिन भारी वृद्धि भएको सुनको भाउ आज भने घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन २ सय रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको भाउ २० हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको थियो ।यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३५५ रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य सामान्य घट्यो










