समय : ०४:०८ am | बुधबार , चैत्र १० गते २०८२

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असाेज ३० गते २०८१

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ हजार ९९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र मध्य बानेश्वर काठमाण्डौमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्