काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । सो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्सालमा रहेको बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक शेयरधनीले शेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें बैंकले जनाएको छ ।
तोकिएको समयभित्र शेयर खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।