समय : १०:०७ pm | शनिबार , वैशाख २६ गते २०८३

सुनको मूल्य आज पनि १४ डलरले वृद्धि

अर्थ विशेष | असाेज ११ गते २०८१

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । आज सुनको मूल्य ०.५५ प्रतिशत अर्थात प्रतिऔंस १४.७३ डलरले बढेको छ ।  यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६७१ डलर पुगेको छ ।  

पछिल्लो कारोबारमा सुनको मूल्य १।३७ प्रतिशत अर्थात ३५।९८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६६२ डलर कायम भएको छ ।  अमेरिकी केन्द्रीय बैंकले गरेको ब्याजदर कटौती र हाल पश्चिम एशियामा उत्पन्न तनावका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।  

आज चाँदीको मूल्य पनि ०.०७ डलरले बढेर प्रतिऔंस ३१.९१ डलर कायम भएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्