समय : ०१:०९ pm | सोमबार , पौष ८ गते २०८१

मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | जेठ ८ गते २०८१

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएकाले सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सो शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी नयाँ बानेश्वरमा रहेको कम्पनीको कन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्