समय : ०५:०४ pm | आइतबार , वैशाख २७ गते २०८३

मल्टीपर्पस फाइनान्सको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | भाद्र २८ गते २०८१

काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको २५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

उक्त समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्