समय : ०४:०८ am | बुधबार , चैत्र १० गते २०८२

कामना सेवा विकास बैंकको ३५ हजार कित्ता सेयर बिक्रीमा

अर्थ विशेष | भाद्र २७ गते २०८१

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ३५ हजार ५३४ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ ।
बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्यूनतम ३५ हजार ५३४ कित्ताका लागि अर्थात सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले आगामी भदौ २ गतेभित्र प्रभु कयापिटल कमलादीमा आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्