समय : ०८:४९ am | सोमबार , पौष ८ गते २०८१

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | जेठ ६ गते २०८१

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेश गर्न सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा के–कति दरमा खरिद गर्न चाहेको उल्लेख गरी आवेदन दिनुपर्नेछ ।

उक्त निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्