समय : ०८:१२ am | सोमबार , पौष ८ गते २०८१

मर्जरमा गएका सामुदायिक र बिपिडब्लु लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने

अर्थ विशेष | जेठ ४ गते २०८१

काठमाण्डौ । मर्जरपश्चात कायम भएको सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेको) जेठ ४ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो ।

यससँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेमा कम्पनीको कुल २ लाख ५६ हजार ५० कित्ता सेयर सूचीकृत भएको छ साविकका सामुदायिक र बिपिपडब्लु लघुवित्त १ः०।८५३५ अनुपातमा मर्ज भएका थिए ।

सूचीकरणसँगै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता ८८७।३९ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ । अब आईतबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एसएलबीएसएल’ संकेत प्रदान गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्