समय : १२:०२ pm | सोमबार , पौष ८ गते २०८१

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा, घरजग्गा धितोमा ७० प्रतिशतसम्म ऋण पाइने

अर्थ विशेष | जेठ ४ गते २०८१

काठमाडौं ।राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । उक्त समीक्षामा घरजग्गामा प्रवाह हुने ऋणमा खुकुलो नीति लिँदै ऋण भुक्तानी आम्दानी अनुपातलाई घटाइएको छ

। घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने उल्लेख गरिएको छ ।यसले समस्यामा परेका घरजग्गा व्यवसायीलाई राहत हुने विश्वास गरिएको छ ।

साथै नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी सम्बन्धी दरलाईपनि समीक्षामार्फत् कटौती गर्ने काम गरेको छ । ‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ’, समीक्षामा भनिएको छ ।


राष्ट्र बैंकले आन्तरिक तथा वाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत राखिएको जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्