समय : ०९:२५ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

बागलुङमा पहिरोमा परी सातजनाको मृत्यु, चारजनाको उद्धार

अर्थ विशेष | श्रावण २२ गते २०८१

बलेवा। बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ।आज बिहान बडिगाड गाउँपालिका-९ मा एक घर पुरिँदा दुईजना र सोही पालिकाको वडा- १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँचजनाको मृत्यु भएको हो। आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ६ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ। उनीहरू घाइते छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्