समय : ०७:४५ am | सोमबार , पौष ८ गते २०८१

नेप्सेसँगै घट्यो कारोबार रकम

अर्थ विशेष | जेठ २ गते २०८१

काठमाडौं । निरन्तर दुई दिन दोहोरो अंकले बढेको सेयर बजार आज ९.५४ अंकले घटेको छ ।आज नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ८ करोडको कारोबार भएको थियो ।आज ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको स्थीर रहेको छ ।

उत्पादन समूह सबैभन्दा धेरै १.४ प्रतिशत बढेको छ भने विकास बैंक समूह सबैभन्दा धेरै ०.९६ प्रतिशत घटेको छ ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नेपाल फाइनान्स लिमिटेडको १० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्