काठमाडौं । वैशाख महिनामा घरजग्गा कारोबारमा कमी आएको छ । भूमी व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार वैशाख महिनामा ४९ हजार ७८३ लिखत पारित भएको छ । चैत महिनामा भने ४९ हजार ६१२ वटा लिखत पारित भएको थियो ।
घरजग्गाको कारोबारमा कमि आउँदा सरकारले सो क्षेत्रबाट गर्ने राजस्व आम्दानीमा पनि केही कमि आएको छ । वैशाख महिनामा घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो रकम चैत महिनाको तुलनामा कम हो । सरकारले चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।
वैशाखमा इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै २ हजार ११ वटा र दोस्रोमा जनकपुर मालपोत कार्यालयबाट १ हजार ७६७ वटा लिखत पारित भएको छ ।