समय : १०:२८ pm | सोमबार , कार्तिक १० गते २०८३

प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन

अर्थ विशेष | कार्तिक १० गते २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उनले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु भएको छ ।

उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल सुरु भइसकेको छ । प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्