समय : ०३:४८ pm | सोमबार , कार्तिक १० गते २०८३

आज बढ्यो सुन चाँदीको भाउ

अर्थ विशेष | कार्तिक १० गते २०८३

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ।

यससँगै आज प्रतितोला सुन २ लाख ८१ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो कातिक ८ गते सुन तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ९९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्