समय : ०१:५४ pm | सोमबार , असाेज २६ गते २०८३

आज घट्यो सुन चाँदीको भाउ

अर्थ विशेष | असाेज २६ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २१ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुन तोलामा २ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको २५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४४० रुपैयाँमै कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्